नियम ५
औपचारिक भिसा (अफिसियल भिसा)
(१) नेपाल सरकारले उपयुक्त ठह¥याएका व्यक्ति र तिनका परिवार तथा सम्बन्धित विदेशी कूटनैतिक निकायको सिफारिसमा देहायका विदेशी र तिनका परिवारलाई औपचारिक (अफिसियल) भिसा दिइनेछ ।
(क) नेपालका लागि आवासीय वा गैर आवासीय कूटनैतिक नियोग, वाणिज्य दूतावासमा काम गर्ने प्रशासनिक, प्राविधिक तथा गैर कूटनैतिक कर्मचारी तथा बाह्य मुलुकबाट नेपाल घुम्न आउने वहालवाला नेपाली अवैतनिक महावाणिज्यदूतहरू, वाणिज्यदूतहरू र तिनका परिवार,
(ख) नेपाल सरकारसंग भएको सम्झौता बमोजिम नेपालमा रहने सल्लाहकार विशेषज्ञहरू,
(ग) संयुक्त राष्ट्र संघ वा त्यस अन्तर्गतका संस्थाहरूका नेपाल स्थित कार्यालयमा काम गर्ने कर्मचारीहरू र संयुक्त राष्ट्र संघद्वारा प्रदान
गरिएको लेसेपेसे प्राप्त व्यक्तिहरू,
(घ) नेपाल स्थित अन्तर्राष्ट्रिय संस्था वा क्षेत्रीय संगठनहरूमा काम गर्ने कर्मचारीहरू,
(ङ) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको निकाय वा संयुक्त राष्ट्र संघ वा क्षेत्रीय संगठन वा सो अन्तर्गतका अन्य निकायद्वारा आयोजित सभा सम्मेलन, प्रशिक्षण वा बैठकमा सहभागी हुन आउने व्यक्तिहरु ।
(२) औपचारिक भिसाको लागि अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
तर विदेशी कूटनैतिक नियोग वा सो कार्यको लागि अधिकार प्राप्त निकायबाट विवरण सहित अनुरोध वा सिफारिस भई आएमा अनुसूची–१ बमोजिमको निवेदन दिनु पर्नेछैन ।